दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘धुलो’ १६ फागुनबाट प्रदर्शनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १ गते, बिहीबार ९:१८

काठमाडौ –समाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ १६ फागुनबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्म रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको छ ।
बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिका रहेको छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल छिन् । सुवाससिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु