दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कुवेतको एक ढुङ्गाखानीमा विष्फोट चार नेपाली को ज्यान गयौं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १ गते, बिहीबार ९:४०

काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा विष्फोट हुँदा चार नेपाली श्रमिकको ज्यान गएको छ । विष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्यान गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुङ्गा, बालुवा खानीमा बम विष्फोट गराई ढुङ्गा फुटाउने क्रममा धेरै श्रमिक पुरिएको अरब टाइम्सले उल्लेख गरेको छ ।

घटनास्थलबाट ६ जनाको शव निकालिएको छ । उनीहरुको नाम सार्वजनिक भएको छैन । समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन् । १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ । तीन जना घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ । खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेको जनाइएको छ ।

उनीहरु ढुङ्गा र बालुवाको थुप्रोमा पुरिएको जनाइएको छ । श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम बिष्फोट गरिएको अरब टाइम्सले खबर छापेको छ । स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेको छैन । घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिइसकेको जनाइएको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु