
छाडेर गएको पनि बर्षौ भएछ अहिले पो संझे
सडकमा केटाकेटी चिच्याएपछि एक्कासी व्यूझे
कति निष्ठूरी रहिछौ यता सिरानी भिजेको छ
मुटुनै चुडियो की असह्य पीडाले एक्कासी व्यूँझे
बिस्फोट भए जस्तो पो लागि रहेछ यो छाति पनि
बर्षात नै विर्साउदो रहेछ कि के हो आँखाले पनि
छटपटी मै परेली झरेर किन किन म आफै रुझे
यस्तै अथाह वेथाले पिरोलिएर म एक्कासी व्यूँझे
ए भ्यालेण्टाईन आउ आउने बाटो छेकिएको छैन
भ्यालेण्टाइन भ्यालेण्टाईन के के टाईन के के टाईन
भट्याउने हरुको आवाज सुनेर आज तिमीलाई संझे
पर्खदाको पीडा बल्झेर फेरी किन हो एक्कासी व्यूँझे
बाबाधामको कोसेली २ फागुन २०७६(फेब्रुअरी १४)
शिव अधिकारी


