दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तराष्ट्रिय हरियाली मंच नेपाल द्वारा चलचित्रकर्मी र संचारकर्मी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २ गते, शुक्रबार ९:००

काठमाडौँ २, फाल्गुन
अन्तराष्ट्रिय हरियाली मंच नेपालले केन्द्रीय कार्यलय ललितपुरमा एक कार्यक्रम बीच चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेको छ ।

चलचित्रकर्मी मौसम लिम्बु, जन्म जय साम्पांग राई र संचारकर्मी दिपेशराज थारूलाई सम्मान गरेको हो । उहाहरुलाई मंचका केन्द्रिय अध्यक्ष सुलोचना गुरुङले सम्मान गरेका थिए। मौसम लिम्बु “घरजम” चलचित्रका निर्देशक हुन् भने जन्म जय साम्पंग राई चलचित्र “म यस्तो गित गाउछु २” को सहनिर्माता हुन् । जन्म जय साम्पांग राई मंचको उपाध्यक्ष समेत हुन् । तेस्तै दिपेशराज थारु जो बिगत २ दशक देखि संचारक्षेत्रमा सक्रिय भएर काम गर्दै आइरहेका छन् ।

केहि बर्ष अगाडी मात्र देश संगै बिदेशमा स्थापना भएको हरियाली मंचले देशको विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ। केहि दिन अगाडी मात्र मंचले धनकुटा जिल्लाको पाख्रिबासका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको थियो । कार्यक्रममा मंचले समाजसेवी पुष्पा थापालाई सल्हाकारमा नियुक्ति गरेको छ भने एमएम नेपाल डटकमका संचारकर्मी दिपेश राजथारुलाई संचार संयोजकमा नियुक्ति गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु