
कीर्तिपुर ।नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीएफ स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाईन चरणका २ खेलहरु सम्पन्न भएका छन् । जस मध्ये भएको पहिलो खेलमा ग्रिन भिलेज एजुकेशन फाउन्डेसन स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ३—१ गोलको अन्तरले पराजित ग¥यो । ग्रिन भिलेज एजुकेशन फाउण्डेशनलाई जिताउन समिर बोहोराले २ गोल र सरुण कुँवरले १ गोल गरेका थिए भने सैनिक आवासिय महाविद्यालयका विमर्श थापाले १ गोल गरेका थिए । त्यसैगरी आज भएको दोस्रो खेलमा हाराती शिक्षा मन्दिर र लिटिल एन्जस् स्कुलले निर्धारीत समय सम्म १—१ गोलको बराबरी खेलेका थिए भने हाराती शिक्षा मन्दिरका सागर लामाले १ गोल र लिटिल एन्जस् स्कुलका प्रसिद्ध जंग घलेले १ गोल गरी खेल ट्राई बेकरमा पुगेको थियो जसमा हाराती शिक्षा मन्दिर ५–४ गोल अन्तरले बिजयी भएको थियो ।
त्यसैगरी क्वाटर फाईनल चरणका खेलहरु निम्न मिति र समयमा हुने तय गरिएको छ ।
१. तेस्रो क्वाटर फाईनल खेल आयोजक नेपाल एपीएफ स्कुल विरुद्ध ल्याब्रोटरी मा.बि बिच मिति २०७६।११।०३ गते विहान
ठिक १०स्०० बजे हुनेछ ।
२. चाैथो क्वाटर फाईनल खेल ब्राईट होराईजन चिल्ड्रेन होम स्कुल विरुद्ध नेपाल पुलिस स्कुल बिच मिति २०७६।११।०३ गते
मध्यान्ह ठिक १२ बजे हुनेछ ।


