
काठमाडौं ३ फाल्गुन
नेपाल एपीफ स्कुल, कीर्तिपुर काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आजको क्वाटर फाईन चरणका दुई खेलहरु सम्पन्न भएका छन् ।
जस मध्ये भएको पहिलो खेलमा आयोजक नेपाल एपीएफ स्कुललाई २—० ले पराजित गर्दै ल्याब्रोटरी मा.बि. सेमी फाईनलमा पुग्न सफल भएको छ । ल्याब्रोटरी मा.बि. का रविन बम्जन तामाङ्ग र निशान बुढाथोकीले एक एक गोल गरेका थिए । त्यसैगरी आज भएको दोस्रो क्वाटर फाईनल खेलमा नेपाल पुलिस स्कुलले ब्र्राईट होराईजन चिल्ड्रेन होम स्कुललाई ४—१ को गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सेमी फाईनलमा सुनिश्चित गरेको छ। नेपाल पुलिस स्कुलको तर्फबाट सन्देश तामाङ्गले ३ गोल र ईशान राईले १ गोल गरेका थिए भने ब्राईट होराईजन चिल्ड्रेन होमको तर्फबाट गोरा बहादुर ऐडीले सान्तोना १ गोल गरेका थिए ।
त्यसैगरी अब हुने सेमी फाईनल चरणका खेलहरुमा पहिलो सेमी फाईनल खेल ग्रिन भिलेज एजुकेशन फाउन्डेसन स्कुल विरुद्ध ल्याब्रोटरी मा.बि बिच हुनेछ भने दोस्रो सेमी फाईनल खेल नेपाल पुलिस स्कुल विरुद्ध हारती शिक्षा मन्दिर बिच हुने आयोजकले जानकारी दिएका छन् ।


