
काठमाडौ ।नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावासविच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न उदेश्यले कतार गएका र व्यवसायलाई आफ्नो मूख्य अाम्दानीकाे श्रोत बनाएका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उधेश्यले स्थापित व्यावसायी संघको नयाँ कार्यसमिति (२०२०–२०२४) सदस्यहरुलाई कतार स्थित नेपाली राजदुतावास सँग परिचयात्मक, भेटघाट तथा समसामयिक अन्तरकृया गराउने उधेश्यले उक्त कार्यक्रम राखिएको हो ।
संघको भर्खरै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्यहरु तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचार प्रसार विभागलाई समेतलाई पूर्णता दिए संगै यो कार्यक्रम आयोजना गरिएको हो ।
भेटघाटका क्रममा संघले नेपाली दुतावासमा दुई वर्ष पहिले नै दुतावासमा सुचिकृत गरिएको यस संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०/२४ का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै महामहिम राजदुत डा. नारदनाथ भारद्वादजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै समग्र नेपाल र नेपालीको पहिचानका रुपमा रहेका नेपाली व्यवसायीहरुले सधैं मर्यादित, विश्वसनिय र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको बताउदै चार वर्षे कार्यकालमा केहि दिर्घकालिन योजना र काम हुनेमा आफू ढुक्क रहेको बताए ।
करोडौंको लगानी गरेर व्यवसाय सञ्चालन गर्दा पनि नेपाल सरकारले व्यवसायीलाई पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृती गर्नु पर्ने व्यवस्था गरेको प्रसंग कोट्याउदै नव निर्वाचित सदयहरुले दु:ख व्यक्त गर्दै दुतावासले यसमा सहजिकरण गरिदिन साे कार्यक्रम मार्फत आग्रह गरेका थिए ।


