दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लक्षु प्रकाश मल्लले संगीतमा गरे विश्वमै नयाँ किर्तीमानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते, आईतवार १६:०३

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल
तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ ।

ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको
हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको
सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब
नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।

‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपाली
कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ ।

गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप
कुमार मल्लको रहेको छ । मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग
परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराए ।

गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकाश मल्ल वि.स.२०५९ सालदेखि
कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि
गीतमा स्वर÷शब्द÷संगीत भरिसकेका छन् ।

सो कार्यक्रमको सभापति समेत रहेका गीतकार साहित्यकार डा. दीलपकुमार
मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गर्दै संगीतले आगामी दिनमा
नयाँ उचाई कायम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले संगीत नेपाली
समाजमा निकै लोकप्रिय हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँ
किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गदेै संगीतबाट नेपाली
कलाक्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् ।

कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले संगीतले
आगामी दिनमा नयाँ उचाई हासिल गर्ने बताएका छन् ।

कार्यंक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथिसमेत
रहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए ।

स्टार म्युजिक सेन्टर प्रा.ली. को आयोजना रहेको सो कार्यक्रमको सचालन
संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा
पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट
एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण
गरे । मल्लले नेपाली सांगीतिक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउन सक्दो
योगदान रहने विश्वास व्यक्त गरे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु