
काठमाडौ । फाल्गुन ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सेन्टी भाईरस’को प्रमोशनल गीत ‘आफ्नो पार्टी जिताइदे’ सार्वजनिक गरिएको छ । गीतमा प्रमोद खरेल र विद्या मन्जु तिवारीको संयुक्त गायन रहेको छ । हर्क साउदको शब्दमा सुशान्त गौतमले संगीत भरेका हुन् ।फल्मका कलाकारहरु विल्सन विक्रम राई, सन्दिप क्षेत्री, कुञ्जना घिमिरे, पुष्पा आचार्य, मधुसुदन पाठक, सञ्जु शाह र एलिस राईलगायत फिचर्ड भएको गीतमा दीपक आचार्यको निर्देशन, चन्दन दत्तको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन र एलिस राईको कोरियोग्राफी रहेको छ ।निर्देशक रामबाबु गुरुङले यो गीतको भिडियो फिल्मको प्रचारका लागि मात्र तयार गरेको बताए । फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाल, सुनिता घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने यस अघि नै जानकारी निर्माण टिमले गराइएको छ ।


