दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनइए र नेपाल मोडेल सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १९:१३

काठमाडौ ।
एनइए र नेपाल मोडेल दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एनइएले मातृभुमिलाई ३२–२७ ले पराजित ग¥यो । एनइएका नारायण लोहनीले १९ अंक जोडे । नेपाल मोडेलले भ्याली पब्लिकलाई ३५–२९ ले हरायो । नेपाल मोडेलका कृष्ण काफ्लेले १० स्कोर गरे । जुनियर ब्वाइजमै आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले पारामाउन्टलाई २९–२० तथा स्किब्सले नव ज्ञानभुमिलाई १६–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । इबीएका समिर खनालले १४ तथा स्किब्सका क्षितिज आले मगरले १० स्कोर गरे ।
गल्र्सको थ्री बाइ थ्रीमा इबीएको तीनै टोली ‘ए’, ‘बी’ र ‘सी’ ले सेमिफाइनल यात्रा तय गरे । आयोजकसंगै नाम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।
इबीए ‘ए’ ले मातृभुमिलाई १९–१५, इबीए ‘बी’ ले नेसनल युनाइटेडलाई १४–१२ तथा इबीए ‘सी’ ले बालविकासलाई १०–८, नेसनल युनाइटेडलाई १४–२ र अमृत ‘बी’ लाई १२–९ ले निराश पारे । नाम्सले काठमाडौं ग्लोबललाई १८–१४, मातृभुमिलाई १०–७ र अमृत ‘ए’ लाई १८–१४ ले पाखा लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु