दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोलुखुम्बुमा तेश्रो मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १९:२२

सोलुखुम्बुमा तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ को १३ जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटनसोलुखुम्बुका संघीय सांसद हेमकमार राई सुरवीर गरे । उद्घाटनका क्रममा सांसद राईले खेलकुदले देशलाई विश्वमा प्रचार गर्न सकिने भन्दै खेलकुदको विकासमा वर्तमान सरकार क्रियाशिल रहेको बताए ।
प्रदेश सांसद एवं नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ले पर्यटनका माध्यमवाट विश्वमा परिचित सोलुखुम्बुलाई खेलका माध्यमवाट चिनाउन आफूहरु लागि परेको बताए ।
गाउँपालिका महासंघ प्रदेश १ का कोषाध्यक्ष एवं थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम थुलुङले पर्यटन र खेललाई सँगै अगाडी बढाउनु पर्ने आवश्यक्ता औल्याउए ।
एकेडेमीका प्रदेश १ अध्यक्ष सागर थापाले नेपाल पर्यटन बर्षलाई सघाउ पुर्याउँदै खेल क्षेत्रको विकासको लागि प्रतियोगिता आयोजना गरेको बताए ।
प्रतियोगिताको पहिलो दिन ८ खेलहरु सम्पन्न भएकाछन् । लिगकम नक आउटका आधारमा खेलाइएको खेलमा मोरङ, ओखलढुंगा, झापा, सुनसरी, सोलुखुम्बु, धनकुटा …… ले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५ — १७ र २५ — २० को सोझो सेटमा पराजित गर्यो । मोरङले खोटाङलाई २५ — १४, १२ — २५ र २५ — २० मा पराजित गर्दा ओखलढुंगाले तेह्रथुमलाई २५ — १८ र २५ — २३ मा पराजित गर्यो ।
यस्तै झापाले धनकुटालाई २५ — २० र २६ — २४ को सोझो सेटमा पराजित गर्दा पाँचथर सुनसरीसँग २५ — १९ र २५ — २२ ले पराजित भयो । यसैगरी धनकुटाले इलामलाई २१ — २५, २५ — १९ र २५ — १७ मा पराजित गर्यो ।
ओखलढुंगाले खोटाङलाई २५ — १८ र २५ — १४ मा पराजित गर्दा र मोरङ र तेह्रथुम बीचको प्रतिस्पर्धात्मक खेलमा तेह्रथुम१९ — २५, २५ — २१ र २५ — १५ ले विजयी भयो
सोलुखुम्बु सदरमुकामस्थित योङ्ग स्टार क्लवमा जारी प्रतियोगिता फागुण १० मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले क्रमशः १ लाख ५० हजार, एक लाख र पचास हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नेकपा प्रदेश सभाका तर्फवाट थप ५० हजार नगद प्रदान गर्नेछ । सोको घोषणा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले उद्घाटन शत्रमा गरेका हुन् ।
उद्घाटनका क्रममा स्थानीय योङ् स्टार क्लव तथा नेवार समाज गुठीले साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको थियो । प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङ जिल्लाको भने सहभागिता रहेको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु