
फागुन,७ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । बुधबार सुनको मूल्य प्रतितोलामा चार सय रुपैयाँले बढेको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


