
काठमाडौ ।यस बर्षको महाशिवरात्रीका लागि पशुपति मन्दिरमा सम्पुर्ण तयारी पूरा भएको जानकारी आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।नेपाल र नेपालीको मात्र नभई समस्त प्राणीजगतको कल्याणका निमित्त नेपालबाट विश्व ब्रह्माण्डमा सकारात्मक सन्देश प्रवाह हने पावन पशुपति क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइने महाशिवरात्रि विशेष महत्व बोकेको पर्व हो ।
नेपाल मात्र नभएर विश्वका हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्वलाई विशेष महत्त्व दिएर भगवान् श्रीपशुपतिनाथको दर्शन गर्न निकै ठूलो संख्यामा दर्शनार्थी, भक्तजनहरुको आगमन हुने गर्दछ ।
पशुपति क्षेत्रको रेखदेख, संरक्षण र विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रमा मनाइने र मेला पर्व एवं जात्राहरुमा समेत
नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
पशुपति क्षेत्र विकास कोषसंगै सुरक्षा निकाय, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाहरु, सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायहरु, स्वतः स्फूर्तरुपमा खटिने छ ।
यस बर्षको महाशिवरात्रि पर्वमा समेत लाखौंको संख्यामा आउने दर्शनार्थी, भक्तजनहरुको संख्या र समग्र व्यस्थापनलाई समेत मध्यनजर राखी पशुपति क्षेत्र विकास कोषले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष माननीय योगेश भट्टराईको संयोजकत्वमा १११ सदस्यीय महाशिवरात्रि व्यवस्था मुल समिति -२०७६ को गठन गरेको छ। कार्य सम्पादन गर्न गठित समिति र उपसमितिहरु अन्तरगत सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनसन्धान विभागका समेत
सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिनेछ। साथै स्वयंसेवकको रुपमा नेपाल स्काउट समेतका गरी करिव ५००० जना स्वयंसेवकहरु परिचालन गरिनेछ ।स्वयसवकहरु दशनलाइनको सहजिकरणका लागि कोर क्षेत्र बाहिर मात्र परिचालित हुनेछन्।
सुरक्षा व्यवस्था,स्वयंसेवक परिचालन स्वास्थ्य शिविर,वातावरण तथा सरसफाई,जुत्ताचप्पल ,चन्दन वितरण,मन्दिर प्राङ्गण तथा पुजा,आवास,भोजन तथा भौतिक पुर्वाधार,साधुसन्त सेवा,दर्शन मार्ग,पार्किङ तथा ट्राफिक व्यवस्थापन,धार्मिक कार्यक्रम,साजसजावट उपसमितिहरु गठन र जिम्मेवारी वाडफाड गरिएको छ ।पशुपति क्षेत्र बिकासको सम्पुर्णमा गरेको अपिल
•पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले
महाशिवरात्रि पर्व समेतमा गाँजा-भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसारमा प्रयोग वा सेवन नगर्न अनुरोध गरिएको छ ।
•पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र पनि भएकोले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिकका कप प्रयोग नगरिदिनु हुन अनुरोध गरेको छ ।
• सम्मान गर्नुपर्ने व्यक्तित्व, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परेमा आफ्नो नजिक रहेको स्वास्थ्य शिविरमा सम्पर्क राख्नुहुन साथै नजिकैका सुरक्षा जनशक्ति वा स्वयंसेवकहरुको सहयोग लिन समेत अनुरोध गरेको छ ।
• स्वयंसेवकहरुलाई सभ्य भाषा, नम्र एवं सुसंस्कृत व्यवहार गर्न समेत विशेष अनुरोध गरेको छ ।
• नमस्कार हाम्रो आफ्नो मौलिक संस्कार भएकोले यसलाई गर्वका साथ अवलम्बन गर्न समेत अनुरोध गरेको छ ।
साथै स्थानीय वडा कार्यालयहरुले पशपति मन्दिर आसपास बसोबास गर्ने स्थानीय वासिन्दाहरुका लागि जारी गरिएको स्थानीय परिचयपत्र (पासालाई मान्यता दिई आफ्नो बसोबास रहेको स्थानसम्म आवतजावत गर्न दिने समेत व्यवस्था मिलाइएको छ ।


