दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटको पञ्‍चकन्या मा बस दुर्घटना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते, बिहीबार ११:५०

नुवाकोट ।नुवाकोटको पञ्‍चकन्या गाउँपालिका वडा नंवर ४ थप्रेकमा बिहीबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् । काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा दुर्घटनामा परेको एक स्थानियले जानकारी दिए।
घटनास्थलमा उद्धार चलिरहेको इलाका प्रहरी कार्यालय पञ्‍चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए। उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्।
हवलदार खड्‌काले भने, ‘हामीले अहिलेसम्म १४ घाइतेको उद्धार गर्‍यौं, जसमध्ये ३ जना सख्त घाइते छन्।’ उनका अनुसार सामान्य घाइतेलाई पञ्‍चकन्या गाउँपालिकाको गाडी र मिनिट्रकमार्फत घलेभन्ज्याङस्थित स्वास्थ्य चौकीमा लगिएको छ। सख्त घाइतेलाई भने काठमाडौंको ग्रीनसिटी अस्पताल पठाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु