दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको आयोजना तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते, बिहीबार २०:२७

८ फागुन, काठमाडौं । नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको आयोजना तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने भएको छ विभिन्न देशका खेलाडी हरुको उपस्थितिमा हुने भएको छ । खेलमा नेपालसहित अमेरिका, ईण्डिया र पाकिस्तानका व्यवसायिक खेलाडी प्रतियोगिहरुको सहभागिता रहने नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्ष तथा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले बताउनु भयो । पर्यटन वर्ष २०२० लाई यश खेलबाट पनि केही टेवा पुर्‍याउने हेतुले नेपालमा रेस्लिङको आयोजना गर्न लागिएको समेत खड्काले बताउनुभयो । यो खेलले विश्वमा नेपाली रेस्लिङको छुट्टै परिचय दिदै विश्वमा भ्रमण वर्षको प्रचारप्रसारमा समेत मद्दत हुने जानकारी खडकाले जानकारी दिनुभयो ।

तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगितामा अमेरिकामा खेलिसकेकी होलिडेड , प्रदिप गौतम, इन्डिया बाट दिभ्या, गोपाल शर्मा, सुशान्त शर्मा, पाकिस्तान बाट द कोभु फिन ब्राडन, नेपाल बाट भगवती खड्का युनिका, अस्मिता जुरेली, आकृति पुन, गीता जिरेल, जमुना तामाङ, शान्ता धामी, सिर्जना कोजु र लक्ष्मी घर्ति मगरले प्रतियोगितामा प्रतिश्प्रधा धमाकादार खेल रहने समेत आयोजकले जानकारी दिएको छ ।

अहिले नेपाली रेस्लिङमा पहिलो पटक बृहत गर्न लागिएको समेत उहाले प्रष्ट पार्नुभयो । उहाँको अनुसार रेस्लिङमा हजारौं दर्शक जम्मा पार्ने भएको छ । रेस्लिङ मैदानमा चारवटा खेलाडी पास हुने अन्डर वे हुनेछ । खेललाई रोचक पार्न रेस्लिङ लाइटको समेत व्यवस्था रहने जानकारी दिनुभयो । नेपाल महिला रेस्लिङ फाउन्डेसनको यो खेल उत्कृष्ट र प्रतियोगितात्मक रहने समेत बताउनुभयो । यसअघि खेलाडीहरुले प्रतियोगितामा त्यतिकै खेले पनि यो पटक भने खेलाडीले गेम बेल्टको लागि प्रतिष्पर्धा गर्ने भएको छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु