
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले हरेक दिन कीर्तिमानी अंक भेट्टाउन थालेको छ। शुक्रबार एकैदिन पाँच सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार बजारमा तोलाको ७७ हजार १ सयमा कारोबार भएको सुन बिहीबार र शुक्रबार ५/५ सयले बृद्धि भएको हो।
महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा स्थिर रहेको छ।


