
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम सोमबार भारत भ्रमणमा आइपुगेका छन्। उनी भारतको अहमदावादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टारमा भेट गरेका छन्।
समकक्षीद्वय मोदी र ट्रम्प साबरमती आश्रममा उपस्थित भएका छन्। दुवैले करीब १ लाख २५ हजार भारतीय जनतालाई मोटेरा स्टेडियमबाट ‘नमस्ते ट्रम्प’ सम्बोधन गर्दैछन्।
ट्रम्पलाई कैलाश खेरको बाहुबलीको ‘जय जय कारा’ बोलको गीतबाट स्वागत गरिएको छ। उक्त समारोहमा अमेरिकाबाट करिब १ हजार एनआआइ सहभागी भएका छन्।
स्टेडियममा उद्योगपति तथा १४ हजार अतिथि उपस्थित भएका छन्। सन् २०१४मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि ट्रम्प अहमदावाद पुग्ने पाँचौ अमेरिकी राष्ट्रपति हुन।
यसअघि चीनका राष्ट्रपति सी जिनपिङ, जापानका प्रधानमन्त्री सिन्जा आबे, इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो अहमदावाद पुगिसकेका छन्।
नमस्ते ट्रम्प कार्यक्रमपछि डोनाल्ड ट्रम्प आगरा जानेछन् जहाँ ताजमहल हेर्ने छन्।


