साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

आम संचार ऐन छिट्टै कार्यान्वयनमा आउने ः राज्यमन्त्री बाँस्कोटा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १० गते, शनिबार ०९:१९


सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले आम संचार ऐन छिट्टै कार्यान्वयनमा आउने बताउनु भएको छ । आज राजधानीमा सामूदायिक रेडियो प्रशारक संघको १८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा राज्मन्त्री बाँस्कोटाले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले सामुदायिक रेडियोले दर्गम र्गाउमा बसोवास गर्ने र सुचनाको पंहुचबाट टाढा रहेका बस्ति र जनमानसमा रेडियो मार्फत् सही सुचना प्रवाह गरेको बताउँनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष सशिकला दाहालले नेपालमा सामुदायिक रेडियोको जन्म हुनु अघि सरकारी संचार माध्यम रेडियो नेपालको बर्चस्व रहेको र तर अहिले त्यो अवस्था नरहेको बताउँदै गाउँ गाउँका जनतालाले सामुदायिक रेडियो मार्फत् सही सुचना प्राप्त गरेको बताउनु भयो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपालमा स्थानीय तहद्धारा सामुदायिक एफ.एम. रडियो संचालन गर्ने काठमाडौं महानगरपालिका पहिलो स्थानीय तह भएको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले आफनो रेडियोबाट आम्दानी नगरे पनि रेडियो मार्फत् सुचना प्रवाह गरेको बताउनु भयो । यसैगरि प्रमुख शाक्यले महानगरले आफनो रेडियोलाई सही व्वयस्थापन गर्न नसकेको पनि बताउनु भयो ।


कार्यक्रममा बीरगन्ज महानगरपािलकाका प्रमुख विजय कुमार सरावगीले आफु पनि लामो समय देखि सामुदायिक रेडियोसंग जोडिएकोले सामुदायिक रेडियो सर्वसुलभ रुपमा सवैभन्दा बढी सुचना प्रवाह गर्ने माध्यम रहेको बताउनु भयो ।
कार्यक्रमा पुर्व शिक्षा मन्त्री तथा सांसद गंगालाल तुलाधरले सामुदायिक रेडियोहरुले विशेष गरी नेपालमा गएको भुकम्पको समयमा विपद व्यवस्थापनमा सुचना तथा समाचार प्रसारण गरी उल्लेख्य भुमिका निर्वाह गरेको बताउनु भयो ।
कार्यक्रममा गाँउपालिका महासंघका अध्यक्ष तथा सांसद घनश्याम खतिवडा, नेपाल नगरपािलका संघका संयोजक एवम् धुलिखेल नगरपािलकाका प्रमुख अशोक बेञ्जु, सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्यक्ष मीन बहादुर शाही, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल लगायतले सामुदायिक रेडियोको वार्षिक दिवसलाई शुभकामना दिंदै नेपालमा सामदायिक रेडियोको भुमिका र योगदान सराहनीय रहेको बताएका थिए ।कार्यक्रममा नेपालमा सामुदायिक रेडियोको विकासमा योगदान पुन्याए बापत राष्ट्रिय सभाका उपाध्यक्ष सशिकला दाहाल र काठमाडांै महनगरपालिकाका सुचना तथा प्रविधि विभागका महाशाखा प्रमुख हरि कुमार श्रेष्ठलाई सम्मान गरीएको थियो । नेपालमा हाल करिब ३ सय १५ वटा सामुदायिक रेडियो सञ्चालनमा रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु