दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१६ जना प्रहरी कर्मचारीलाई निलम्वन गर्न सिफारिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते, बिहीबार ७:४३

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरे रसुवाका प्रमुख प्रहरी निरीक्षक खेमप्रसाद नेपाल सहित १६ जना प्रहरी कर्मचारीलाई निलम्वन गर्न सिफारिस गरेको छ । केरुङ नाकाबाट नेपाल आउदै गरेको ना. ६ ख. ४९३२ नम्वरको कन्टेनरबाट गत पुस ११ गते बरामद चारसय २२ ग्राम सुन आपसमा बाँडफाँड गरि अख्तियार दुरुपयोग गरेको अभियोगमा आयोगले घटनामा संलग्न कर्मचारीलाई निलम्वन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्रीका अनुसार, अबैध सुन बाँडफाँडमा संलग्न प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई प्रदेश–३ प्रहरी कार्यालयले कारवाही गरिसकेको छ । कन्टेनरबाट सुन बरामद गरी चालक फुर्वा पासाङलाई कारवाही गर्नुको सट्टा उल्टै सुन लिई छोडेको थियो । सोही घटनाका सम्वन्धमा अख्तियारमा उजुरी परेपछि आयोगले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोजबहादुर सेनवली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङलाई निलम्वन सिफारिस गरेको हो ।

त्यस्तैं, जवानहरु, शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र वि.क, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र कार्यालय सहायक हरिबहादुर श्रेष्ठलाई निलम्वन सिफारिस गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वनको सिफारिस गरेका सबैलाई प्रहरी प्रधान कार्यालयले निलम्वन गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । (गोरखापत्र दैनिकबाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु