
काठमाडौं १५ फागुन
रास्ट्रिय खेलकुद परिषदको सहकार्य र काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता फागुन २३ देखि २५ गते हुने भएको छ ।
काठमाडौं बुद्धिचाल संघले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रम बारे जानकारी गराएको थियो ।
काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका स्व.आमा हेरा माया श्रेष्ठ स्मृतिमा प्रतेक बर्षको महिला दिवसको अवसर पारेर राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता आयोजना घोषण गरेको हो । हेरा माया श्रेष्ठ स्मृतिले यस प्रतियोगिताको लागि पचास हजार सहयोग समेत घोषण गरेको छ ।काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष नारायण गमाल,महिला बुद्धिचालको पुर्व च्याम्पियन मोनालिशा खम्बु,अन्तर्राष्ट्रिय आरबिटर उमेश केसी, नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य बिनोद विस्वकर्मा र नेपाल बुद्धिचाल संघका हालका च्याम्पियन पुर्षोतम चौलागाईंको उपस्थित रहेको थियो ।
कार्यक्रम बारे जानकारी गराउदै काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठले देशका सातै वटा प्रदेश बाट प्रतियोगिहरु सहभागी गराउने उदेश्य रहेको छ र दुई सय सम्म प्रतियोगिहरु सहभागी गराउने लक्ष्य सहित प्रतियोगिताको आयोजना गरिएको छ । यस प्रतियोगितामा देशका स्कुल अध्यनरत बिद्यार्थी देखि उत्कृष्ट बुद्धिचाल महिला खेलाडीहरुको सहभागी हुनेछन् । प्रथम बिजेताले नगद पचिस हजार दोस्रो पन्द्र हजार ,तेस्रो आठ हजार,चौथो छ हजार र पाचौंले चार हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको अनरेटेड,१) एक हजार तीन सय२) एक हजार पाँच सय उमेर समुहमा १६ बर्ष मुनि, १४ बर्ष मुनि र १२ बर्ष मुनिका बिधागत विजेताहरुलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएका थिए ।
नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य एवम् महिला बुद्धिचालको पुर्व च्याम्पियन मोनालिशा खम्बुले बोल्दै बुद्धिचाल प्रतियोगितामा नेपाल बाट महिला खेलाडी लाई बिश्वव्यापी बनाउने उदेश्य रहेको र नेपालका रास्ट्रिय खेलहरुमा महिलाहरु लाई सिमित संख्यामा मात्र सहभागीता गराउने चलन रहेको र हामीले यस बुद्धिचाल प्रतियोगिता मार्फत महिला खेलाडीहरु लाई अझ प्रतोशाहित गर्न मद्दत पुग्ने बिश्वास व्यक्त गरेका थिए ।


