दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते, शनिबार १५:५६

काठमाडौ- आगामी चैत्र २२ गते काठमाडौको नेपाल चलचित्र प्राबिधिक संघ र ड्रिम हाई नेपालको सहकार्यमा टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ ।

काठमाडौ वर्ल्ड स्कुल, भक्तपुर स्थित सुर्यविनायक-०७ गुन्डुमा अवस्थित रहेको छ । नेपालकै अन्तरास्ट्रिय स्तरको यस स्कुल ५५ रोपनी जग्गामा आफ्नो भौतिक सुबिधायुक्त भवन अत्यन्तै शान्त तथा हरियाली वातावरणमा स्थापित यस शैक्षिक संस्थामा कक्षा १ देखी कक्षा १२ सम्म अन्तरास्ट्रिय किसिमको शिक्षा अध्यापन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई सहभागी बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कुरा यस बिद्यालयका अध्यक्ष मिथलेश कुमार झाले बताउनुभयो।

“ड्रिम हाई नेपाल” र चलचित्र प्राविधिक संघको सहकार्यमा आयोजनामा हुन लागेको यस अवार्डले सिंगो नेपाली फिल्मी क्षेत्र कला, संस्कृति, साहित्य तथा मनोरन्जनको क्षेत्रमा अतुलनीय भूमिका खेल्ने प्रति काठमाडौ वर्ल्ड स्कुल व्यवस्थापन समितिका अध्ययक्ष, श्री मिथलेश कुमार झा ले खुसी ब्यक्त गर्दै शुभकामना पनि दिनुभयो। त्यस्तै ,यस अवार्ड कार्यक्रममा काठमाडौ वर्ल्ड स्कुल संग सहकार्य गर्न पाउनु एक अर्का संस्था प्रतिको सम्मान तथा भूमिका निकै लाभदायी रहने कुरा “ड्रिम हाई नेपाल” का प्रमुख कमल जि.सीले व्यक्त गर्नुभयो।

नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहने यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापकीय जिम्मा लिएको “फेम नेपाल” का प्रबन्धक विमल पक्षाई ले जानकारी दिनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु