
प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट हुनुअघि ६२ रनको योगफल खडा गरेको थियो । प्राइमले ११ ओभरमा ३ विवेट क्षतिमा लक्ष्य भेटायो । ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ द म्याच’ घोषित भए ।


