
काठमाडौँ — फाल्गुन १९ ।
भर्खरैमात्र हेटौंडामा सम्पन्न ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी विजेता भएर चर्चामा आएकी जुनियर मोडल हिमान्शी शर्मा अब भने समाजसेवीको परिचयमा समेत चिनिने भएकी छिन् ।
‘मकवानपुर लिटिल स्टार,२०२०’ को शिर्ष ताजसंगै पाएको नगद उपहार रु १५,०००/- जुनियर मोडल हिमान्शीले हेटौंडास्थित मानव धर्म सेवा आश्रमलाई एक कार्यक्रमबिच हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा बोल्दै उनले मानवसेवा नै सवैभन्दा ठूलो धर्म रहेको साथै समाजसेवातर्फ आकर्षित हुनुको कारणसहित उनले आफ्नो सौन्दर्य प्रतियोगिता यात्राको अनुभव बाँडेकी थिईन् ।


