दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेबाईल बैंकिङ मेला सुरू, ५० हजार रूपैयाँका साथै दुबई ट्रिप जित्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २० गते, मंगलवार ७:५१

एफवान सफ्ट गु्रपको सहायक कम्पनी नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोनपे’ले मानिसहरूलाई डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले मोबाईल बैंकिङ मेलाको आयोजना गरेको छ । मोबाईल बैंकिङ बैंकहरूले प्रदान गरेको सेवा हो,जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक खातामा कारोबार तथा लेनदेन गर्न सकिन्छ । मोबाईल बैंकिङ प्रयोग गर्नका लागी ग्राहकले आफ्नो मोबाईल बैंकिङ एप्लिकेशन डाउनलोड गरि एक्टिभेट गर्नुपर्नेछ ।

मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधाले बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सुविधाजनक र सरल रूपमा लिन सकिन्छ ।

मोबाईल बैंकिङ एक्टिभेसन अभियानको मोबाईल बैकिङ मेला फेब्रुअरी २२ देखि सुरू भएको हो । यस मेलाको मूख्य आकर्षण भनेको ‘स्पिन द वील ’ हो । जहाँ (वील)पांग्रा घुमाएर ५० हजार रूपैयाँसम्म जित्न सकिनेछ । यसबाहेक मोबाईल एक्टिभेसन अभियान गर्नासाथ अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । जहाँ ग्राहक र मर्चेन्ट दुबई भ्रमण योजनामा सहभागी हुन सक्नेछन् ।

कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता मोबाईल बैंकिङ प्रयोग गरि स्क्यान टु पे सुविधामार्फत भुक्तान गरेर यस योजनामा सहभागी हुन सकिनेछ । यो योजनामा ग्राहक र मर्चेन्ट दुबैजना सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २ सम्म सञ्चालन हुनेछ ।
विजेता दैनिक,साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिपका विजेताले थप तीन जनालाई पनि दुबई भ्रमणमा लैजान पाउनेछन् ।

नेपाली क्रिकेट खेलाडीका पूर्व कप्तान पारस खड्काले साप्ताहिक मोबाईल बिजेता र पहिलो महिनाको दुबई ट्रिप विजेतालाई पुरस्कार हस्तान्तरण गरे ।
मोबाईल बैंकिङ मेला आइप्लेक्स मलबाट सुरू भएको छ । साथै यो मेला हरेक सनिबार अन्य मलहरूमा समेत सञ्चालन हुनेछ । आगामी मेला चावहलिमा रहेको केएल टावरमा फेब्रुअरी २९ मा आयोजना हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु