दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २० गते, मंगलवार ८:१७

काठमाडौँ – अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् स्व.नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण मृत्यु भएको थियो ।

विवाह भएको केहीदिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पीडा कस्तो हुँदो हो त्यो श्वेतालाई जति कसैलाई थाहा होला । श्रीकृष्णको मात्र होइन स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृ*त्यु भएको थियो । यसरी क्यान्सरले परिवारबाट एकपछि अर्को खुसी खोसिदिँदा श्वेतालाई निकै ठुलो आघात परेको थियो । त्यसयता उनी सामाजिक काममा आफूलाई निकै व्यस्त राखिरहेकी छिन् ।

यसैबीच आफुलाई जस्तो पीडा अरूलाई नपरोस् र कसैले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने सोच बनाएर क्यान्सर हस्पिटल निर्माणमा जुटेको उनले बताइन् । उनी क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी लागि परेकी हुन् । हस्पिटलको भवन निर्माणको शिलान्यास सोमवार गरिएको छ । गोदावरीको छम्पीमा हस्पिटल निर्माण सुरु हुँदैछ । स्वेताका अनुसार सय बेड क्षमता रहने उक्त अस्पतालले क्यान्सर रोगको उपचार गर्नुका साथै क्यान्सरको बारेमा जनचेतना जगाउने काम पनि गर्नेछ । नेशनल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरबाट प्रभावित भएर यस काममा हात हालेको उनको भनाइ छ ।

हस्पिटलको नाम नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर रहेको छ । यो अस्पताल यसअघि नै देखि जावलाखेलमा सञ्चालित छ । अस्पतालले आफ्नै भवनबाट विस्तारित सेवा दिन लागेको जनाएको छ । यसैक्रममा अस्पतालमा नायिका स्वेतापनि जोडिएकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु