दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे बीच सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते, बुधबार १४:२६

काठमाडौ ।कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लि.बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले हस्ताक्षर गर्नु भयो ।
५ दशक भन्दा बढी समयदेखि कृषि विकास र बैकिङ्ग सेवामा समर्पित कृषि विकास बैंक शहरदेखि ग्रामिण भेगसम्म बृहत शाखा सञ्जाल भएको बैंक हो । बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवा सहित सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका ९२ हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पे मा मासिक २ लाख भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३० लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

बैंक र फोन पे विच सम्झौताले नेपाल सरकारले अवलम्वन गरेको विद्यूतिय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ । विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंक सँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा (ऋबकज द्यबअप) पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख श्री बाशु अधिकारीले जानकारी दिनु भयो ।
षि विकास बैंक र पmोन पे बीच सम्झौता

कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लि. बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले हस्ताक्षर गर्नु भयो ।
५ दशक भन्दा बढी समयदेखि कृषि विकास र बैकिङ्ग सेवामा समर्पित कृषि विकास बैंक शहरदेखि ग्रामिण भेगसम्म बृहत शाखा सञ्जाल भएको बैंक हो । बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवा सहित सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका ९२ हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पे मा मासिक २ लाख भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३० लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

बैंक र फोन पे विच सम्झौताले नेपाल सरकारले अवलम्वन गरेको विद्यूतिय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ । विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंक सँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा (ऋबकज द्यबअप) पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख श्री बाशु अधिकारीले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु