
मकवानपुर । मकवानपुरगढीबाट हेटौंडातर्फ आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा सुकौरा बस्ने अन्दाजी ३५ वर्षीय सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने अन्दाजी २९ वर्षीय सोमबहादुर मोक्तान रहेका छन् भने एक जनाको पहिचान हुन बाँकी रहेको छ ।
मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
चुरेहिल अस्पतालमा रहेका २१ भाईतेमध्ये ३ को अवस्था गम्भिर रहेको र हेटौंडा अस्पतालमा २८ को उपचार भईरहेको प्रहरीले जनाएको छ ।लालखबरबाट


