दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मैले बुझेकि छु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते, बिहीबार ७:३१

मैले बुझेकि छु
तिमी परिवन्दनमा पार्न खोज्दै छौ मलाई ।
तिमी हतोत्साहित गरेर
निस्कृय राख्न
खोज्दै छौ मलाई ।
मलाई म हुनबाट
निरुत्साहित गर्दै छौ।
कुनै सद्भावको आसा छैन तिमीबाट
कुनै सहयोगको अपेक्षा पनि राख्दिन ।।
न हिंज,न आज र न भोली
साथ पाउनु तिमीबाट।
समय तिमीले
मेरो उपेक्षा गरेर कटाउनु ,
दिन तिमीले
मेरो वदख्वाई गरेर बिताउनु ,
अरू त अरू
भगवानको प्रार्थना गर्ने बेला पनि
मलाई श्राप दिन नबिर्सनु।
तिम्रै श्रापको मलले मौलाएकी म
अझै खारीएर निस्कनु छ।
मलाई अझ थुप्रै जंघार तर्नु छ।
थुप्रै सफलताका खुड्किला चढ्नु छ।
चोटहरुले खारिएको शक्तिबाट
सथै यसै गरी तिमीलाई परास्त पार्नु छ।
यसैले
अब, सुन साथी!!
तिमीले दिएका चोटहरुले पिरोल्दैन मलाई ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु