दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौसम र सुष्मा उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार ८:०३

काठमाडौंकाद्वय मौसम राना मगर र सुष्मा तामाङ चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भएको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
भक्तपुरमा भएको प्रतियोगितामा मौसम पुरुष ६० केजी तथा सुष्मा महिला ४८ केजीमा पहिलो हुँदै राष्ट्रिय प्रतियोगितालाई छनोट पनि छनोट भए । उत्कृष्ट वापत दुवैले जनही ५ हजार नगद पुरस्कार हात पारे । फाइनलमा मौसमले काभ्रेका सुरोज महर्जन तथा सुष्माले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गरे । प्रतियोगिताको हरेक तौलसमूहमा पहिलो हुने खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने प्रावधान छ ।
महिला ५१ केजीमा काठमाडौंकी मनीषा राईले सिन्धुपाल्चोककी डेनिका राईलाई हराउदै पहिलो भइन् । महिलामै चार खेलाडीले प्रतिद्वन्द्वी नै नपाएपछि स्वतः छनोट भए । ६० केजीमा रामेछापकी डोल्मा तामाङ, ५४ केजीमा काठमाडौंका शिवानी श्रेष्ठ र ५७ केजीमा मन्दिरा पुटुवार तथा ६४ केजीमा काभ्रेकी हेमा राई स्वतः छनोट भएका हुन् ।
पुरुष ४९ केजीमा मकवानपुरका अनन्त ओझाले चितवनका विमोचन लामिछाने, ५२ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले रामेछापका अशिम डंगोल, ५६ केजीमा नुवाकोटका प्रशान्त लामाले सिन्धुपाल्चोकका शक्ति लामा, ६४ केजीमा नुवाकोटका सौरव विमलीले काठमाडौंका अश्विन श्रेष्ठ, ६९ केजीमा काभ्रेका दावा छिरिङ लामाले भक्तपुरका समन गोसाईं र ७५ केजीमा मकवानपुरका निश्चल श्रेष्ठले सिन्धुपाल्चोकका कोशिस श्रेष्ठलाई फाइनलमा पाखा लगाउदै छनोट भए । छनोट हुने सबै खेलाडीले प्रशिक्षण सामाग्री पुरस्कार स्वरुप पाए ।
विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री बलबहादुर केसी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु