दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चोरीको स्कुटर प्रहरी नियन्त्रणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार ८:५०

काठमाडौं २३ फागुन
चोरी गरेर पार्किङ गरि राखिएको अवस्थामा चोभारबाट स्कुटर समातिएको छ ।
२१ गते राती करिब १० बजे टौदह स्थित घरमा पार्किङ गरेर राखेको बा ७६ प ७९८ नम्बरको स्कुटर चोरी भएको थियो। उक्त स्कुटर किर्तिपुरका प्रहरी जवान केशर महताराले बिहीबार साझ सात बजे २१ घण्टाभित्र चोभारबाट घरभित्र पार्किङ गरिएको अवस्थामा समातेका हुन्। सो स्कुटर चोरीमा तीन जना व्यक्तिको मिलेमतोमा चोरिएको थियो र अनुसन्धान पछि चोरले चोरी पछि आफू बस्ने घरको पार्किङमा लुकाएर राखिएको अवस्था प्रहरीले फेला पारेको थियो ।

प्रहरी जवान महताराले हालसम्म कीर्तिपुरबाट मात्रै ६७ वटा चोरीका बाइकहरु समातिसकेका छन्। त्यसैगरी उनले ब्राउन सुगर, १ केजि चरेस समेत बरामद गरिसकेका छन्। साथै उनले गोप्य सूचनाको आधारमा किर्तिपुरको वडा न. ४ सल्यानथानमा १० हजार लिटर अवैध घरेलु मदिरा समेत डिसपोज गरेका हुन्।
किर्तिपुरमा आएको दुई महिनामै उनले धेरै उपलब्धि हासिल गरेका छन् आएको छोटो समयमा नै उनको कामलाई स्थानियवासीले प्रसंसा गर्ने गरेका छन् । किर्तिपुरका प्रहरी प्रमुख डिएसपी छेदिलाल कामतीले समेत उनको कार्यको प्रशंसा गर्दै आएका छन् ।

यस्ता उपलब्धि कै कारण उनी किर्तिपुर नगर मै चर्चामा छन्। विशेषतः उनको काम गर्ने शैली र अहोरात्र खटाइका कारण उनले सफलता हात पार्न सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु