दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माहालक्ष्मी नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार १३:२९

धनकुटा । धनकुटाको माहालक्ष्मी नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकले दाँतसम्बन्धी उपचार पाउने भएका छन् ।
उक्त नगरपालिकाको स्थापना दिवसको अवसरमा चैत्र १, २ र ३ गते वडा नं ७ को प्राथमिक स्वास्थ्य केन्द्र जितपुरमा हुने कार्यक्रमको प्रदेश १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने छन् । उपचारमा पूर्वाञ्चल डेन्टल हस्पिटलको प्रविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको सहकार्य रहने नरपालिकाले जनाएको छ ।
६० वर्षमाथिका वृद्धवृद्धाहरुलाई निःशुल्क रुपमा दाँतको सेट लगाइने छ भने भने अन्य उमेर समूहका लागि दाँतसम्वन्धी परामर्श दिइने छ । सेवा लिनका लागि नगरपालिकाभित्र बसोवास गदै आएका नागरिकहरुले आफ्नो नजिकको सवास्थ्य संस्थामा गई आफ्नो नाम एकहप्ता पहिला नै दर्ता गराउनुपर्ने छ । सेवा लिन आउँदा नागरिकता, मतदाता परिचयपत्र वा आफ्नो परिचय खुल्ने कुनै कागजात लिन नगरपालिकाले आव्हान गरेको छ । कुन दाँत सेट लगाउनुपर्ने हो त्यो दाँतको नाप पहिले नै दिन पनि नगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु