
पाल्पा-सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा ट्रिपरले तानसेन नगरपालिका–७, लामीडाडामा मोटरसाइकललाई ठक्कर दि“दा मोटरसाइकलको पछाडी बस्ने ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ ।
मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ घाइते भएका छन् । तानसेनबाट बुटवल जा“दै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।
ट्रिपरले ठक्कर दिएपछि घाइते भएकी मधुलाई उपचारका लािग लुम्बिनी मेडिकल कलेज प्रवास लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए ।
घाइते श्रेष्ठको मेडिकल कलेजमै उपचार भइरहेको छ । ट्रिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वी काफ्लेले बताए ।


