
काठमाडौ ।अन्तराष्ट्रियरुपमा व्यापकरुपमा फैलिरहेको कोरोना भाईरसको कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन टान, हान, नाट्टा, एनटिभिए, नाटो, सोट्टो नेपाल, टिब्यान, नारा र रिब्यानका अध्यक्ष तथा प्रतिनिधिहरुले आज फाल्गुन २३ गते ६ बुँदा ज्ञापनपत्र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई हस्तान्तरण गरे ।
ज्ञापनपत्रमा उल्लेख गरेका बुँदाहरु :
१. नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपुर्ण कर्जाको लागि व्याज अनुदान सम्वन्धी एकिकृत कार्यविधी २०७५ को ९ सं।स।० मा पर्यटन व्यवसायको लागि दिएको कर्जा तथा व्याजलाई, होटलमा दिईदै आएको पुर्नकर्जाको व्यवस्था, ट्राभल, पर्यटन यातायात लगायत पर्यटन संग सम्बन्धीत सम्पूर्ण क्षेत्रमा समेत दिने व्यवस्था गर्न ।
२. बुदा नं।१ मा भएको व्यवस्था अनुसार पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुर्नतालिका गर्ने तथा व्याजलाई समेत तत्काल पुंजिकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गरी एक बर्ष पक्ष्यात मात्र सावां सहितको टमलोन भुक्तानी गर्ने व्यवस्था मिलाउने ।
३. पर्यटन क्षेत्रमा क्रियासिल श्रमिकहरुलाई आवश्यकता अनुसार कटौती गर्न र श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तिमा ५० प्रतिशत राहतको व्यवस्था गरिन ।
४. कोरोना भाईरसको प्रभावले पर्यटन क्षेत्रमा रहेका श्रमिकहरुलाई पलाएन हुन नदिनको लागि नेपाल सरकारले नाथम् संगको सहकार्यमा निजी क्षेत्रको समन्वयमा बिशेष तालिम तथा सेमिनारको व्यवस्था गरि श्रमिकहरुको पेशा तथा दक्षता अभिवृद्दी रहिरहोस् ।
५. कोरोना भाईरसको कारण पर्यटकहरुले बुकिङ रद्द (होटल तथा हवाई टिकट) गरिरहेकोले पुर्नतालिका वा फुल रिफण्डको लागि व्यवस्थन मिलाईयोस् ।
६. पर्यटन व्यवसायीले बिभिन्न क्षेत्र अन्तर्गत नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, बार्षिक सवारी कर तथा स्थानिय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने तथा हाललाई एक बर्षको लागि कुनै पनि दण्ड जरिवाना नगर्न ।


