
काठमाडौ ।नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमती अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुन बमोजिम एकिकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवा द्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका देहाय बमोजिमका सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको छ ।
१. श्री रामजनम चौधरी (कैलाली)
२. मो. नसिर सिद्धिकी (सिराहा)
३. श्री भारतेन्दुकुमार मल्लीक (झापा)
४. श्री हेमराज तातेड (सप्तरी)
५. डा. श्री गोपाल दहित (बर्दिया)
६. श्री मंगलप्रसाद थारु (बर्दिया)
७. श्री योगेन्द्र चौधरी (दाङ्ग)
८. श्री हरिप्रसाद न्यौपाने (मोरङ्ग)
९. श्री सुमित्रा थरुनी (सुनसरी)
१०. श्री कल्पना चौधरी (सुनसरी)
११. श्री पवनकुमार सारडा (मोरङ्ग)
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।


