
काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो ।
तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।ईपीएल पालिका प्रमुख अमिर अख्तरले भने, ‘६र७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो ।अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं ।’


