दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बजारमा ग्याँस अभाव हुन् थालेपछि, दुईभन्दा बढी सिलिन्डर नराख्न सरकारको अनुरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते, शनिबार १९:०९

काठमाडौं -कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आ’क्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा बढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने भएको छ । जसका लागि दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ ।

शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी, नुनलगायत वस्तुको अभाव छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आवश्यकभन्दा बढी खरिद गरी मौज्दात राख्न थालेपछि कालोबजारी नियन्त्रणका लागि सरकारले यस्तो नयाँ व्यवस्था गरेको बताएका हुन् । अहिले आवश्यकता भन्दा बढी ग्याँस सिलिन्डर लैजाने उपभोक्ताको रेकर्ड राख्न थालिएको जानकारी गराउँदै उनले ग्याँस अभाव नहुने भन्दै लाइन नबस्न आह्वान गरे । ‘अब सरकारले धेरै ग्याँस राख्नेबाट जफत गरेर नपाउनेलाई दिनेछ,’ उनले भने । आवश्यक भन्दा बढी सिलिन्डर राख्दा आगलागी हुने सम्भावना भएकाले अनावश्यक नराख्नसमेत आह्वान गरे ।

अहिले दैनिक ३० हजार ग्याँस सिलिन्डर उद्योगबाट गइरहेको जानकारी गराउँदै उनले शनिबारदेखि दैनिक ४४ हजार ग्याँस सिलिन्डर बजारमा पठाइने बताए । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले फोन गर्नेबित्तिकै ग्याँस पाउनेगरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए । राजधानी दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु