दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कुङफुमा बाल विकास च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते, सोमबार २०:४५

काठमाडौं, फागुन २६।
आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी जम्मा १७ स्वर्ण जित्दै बाल विकास टिम च्याम्पियन बनेको हो ।
दोश्रो भएको भ्याली पब्लिकले ८ स्वर्ण हात पा¥यो । तेश्रो स्थानमा चित्त बुझाएको मकवानपुरको सनराइज स्कुलले ७ स्वर्ण प्राप्त ग¥यो ।
बाल विकासको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको पुरुषमा बाल विकासका रुपेश खतिवडा तथा महिलामा कौशलकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
बूढानीलकण्ठस्थित आयोजककै हातामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ६०–६५ केजीमा पिचल्यान्डका तेजबहादुर मगर, ७० केजीमाथि बाल विकासका रुपेश खतिवडा, ५५–६० केजीमा बाल विकासका समराज गुरुङ, २५–३० केजीमा बाल विकासका सौगात चन्द, ३०–३५ केजीमा भद्रकालीका दिपु खरेल, ३५–४० केजीमा बाल विकासका पवन विष्ट, ४५–५० केजीमा भ्याली पब्लिकका लक्ष्मण परियार र ५०–५५ केजीमा भद्रकालीका इमानसिंह थापाले स्वर्ण जिते ।
महिला ५०–५५ केजीमा भ्याली पब्लिककी सोनाम वाङमो लामा, ५५–६० केजीमा ज्ञानकुमारीकी सनिता दुमी राई, २०–२५ केजीमा भ्याली पब्लिककी सक्रिय मगर, ३०–३५ केजीमा सेबकी भीमलक्ष्मी भ्लोन, २५–३० केजीमा संस्कारकी स्मृति थापा मगर र ४५–५० केजीमा बाल विकासकी सपना शाहीले पहिलो स्थान हात पारे ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, बूढानीलकण्ठ वडा ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बाल विकास भाइस प्रिन्सिपल दिनेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु