दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उच्च जोखिम भएका मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते, बिहीबार १९:००

काठमाडौ ।सरकारले कोभिड–१९ ९कोरोनाभाइरस० को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ ।

कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको पनि सरकारले जनाएको छ ।

उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस क्रममा स्वस्थ रहेका व्यक्तिहरुलाईसेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धतासहित पालना गर्नुपर्ने नियमहरुका बारेमा सूचित गर्ने व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले यो संक्रमण रोकथामका लागि चीन र भारतसँग सीमा जोडिएका प्रवेश नाकाहरुमा स्थापना भएका ४३ वटा हेल्थ डेस्कहरुबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्क्रिनिङ्ग, स्वास्थ्य परीक्षण कार्यलाई निरन्तरता दिने समेत जनाएको छ ।

रोगबारे निगरानी, रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले १८ जना सर्भिलेन्स अधिकृत खटाउने तयारी समेत गरेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार देशव्यापी रुपमा चेतनामूलक जानकारी प्रवाह गर्ने तथा केन्द्रीय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबाट प्रदेश सरकार र स्थानीय तहसँग बिरामीको उपचार तथा व्यवस्थापन गर्न समन्वय भइरहेको छ ।

त्यसैगरी नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन आवश्यक समन्वय गर्नका लागि क्रस बोर्डर मिटिङ्ग भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमका अवस्था आँकलन गरी सोही अनुरुप चाहिने आइसोलेसन बेड, औषधी उपकरण, आवश्यक जनशक्तिसहितको योजना बनाइएको छ ।

शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न पहिलो पंक्तिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, एपिएफ अस्पताललाई तोकिएको छ । अन्य अस्पताललाई पनि सूचीकरण गरिसकिएको जनाए पनि ती अस्पताल कुन कुन हुन् भन्ने सरकारले खुलाएको छैन ।

यस्तै मन्त्रालयले हालसम्म ४५० जनाको नुमना परीक्षण भएकोमा १ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । ती एक जना पनि निको भइसकेका छन् । यस्तै संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले कोही नागरिक नेपाल बाहिर जान लागेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको पनि जनाएको छ ।
रातोपाटी बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु