
काठमाडौं फागुन ३
फागुनमा कांग्रेस सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुखहरु तोक्दा कृष्णप्रसाद सिटौला निकट मानिएका शिवप्रसाद हुमागाइँले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखको जिम्मेवारी पाए भने ५ जना आमन्त्रित सदस्यमा सुधिरकुमार शिवाकोटी पनि अटाए । त्यसको केही दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला समूहका नेताहरु गगन थापा र प्रदीप पौडेल आफूहरुसँग भएको अभिव्यक्ति दिए ।
केही नेतालाई देउवाले जिम्मेवारी दिनु र केही आफूहरुसँग रहेको भनेर पौडेलले बोल्नुले कांग्रेसको तेस्रो धार भनिएको सिटौला समूह संस्थापन र पौडेल समूहतिर विभाजित भएको सन्देश गयो । तर सोमबार नेता सिटौलाले आफ्नो समूहका नेताहरुलाई भेला गरेर आफूहरु एक भएको सन्देश दिने प्रवाह गरेका छन् ।हामी सधै एक हौ कोहि कतै गएका छैनन् कोहि पनि भ्रममा नपरुन।
बत्तिसपुतलीमा भएको भेलामा गगन थापा, प्रदीप पौडेलका साथै विभिन्न भातृसंगठनका नेता कार्यकर्ता करिव दुई सय भन्दा नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।


