दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ४ गते, मंगलवार १८:१७

काठमाडौँ, फागुन ४ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९ मा पुगेको छ । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कुल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर रु एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको मूल्य बढेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढ्दा बैंकिङ ३३.१६, व्यापार ४९.४८, होटल ५३.६९, विकास बैंक ५३.६८, जलविद्युत् १२.८८, वित्त २१.९८, निर्जीवन बीमा ३३८.३४, उत्पादन ११५.०८, अन्य १४.७९, लघुवित्त ९३.६६ र जीवन बीमा ४२६.४८ अङ्कले घटेका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड सात लाख एक हजार ९६२, एनएमबी बैंकको रु नौ करोड २४ लाख ७३ हजार ३६९, नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड ४३ लाख ६१ हजार ४६, हिमालयन डिष्टिलरीको रु चार करोड ६७ लाख दुई हजार २२७, नेपाल बैंक लिमिटेडको रु चार करोड २८ लाख ५९ हजार ५०४ र प्रभु बैंकको रु तीन करोड ८५ लाख ६६ हजार ५७३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । आज सबैभन्दा बढी जोशी हाइड्रोपावर ७.६९, घलेम्दी हाइड्रो ३.२८, विशाल बजार कम्पनी १.९९, एनएमबी हाइब्रिड फण्ड–१ १.८४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका शेयरधनीले १.३२ प्रतिशतले कमाए । यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयरधनीले १०, नेपाल सेवा लघुवित्त ९.९८, स्वाभिमान लघुवित्त ९.९३, नेपाल इन्स्योरेन्स कम्पनी ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८५, गुराँस लघुवित्त ९.६० र गरिमा विकास लघुवित्तका लगानीकर्ताले ८.७९ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु