दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सचिव सरुवाले सरकारमा खटपट, बादलको निवासमा बस्यो माओवादी मन्त्रीको गोप्य भेला, अब के होला ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४ गते, शनिबार १५:२८

काठमाडौं-बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् ।सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका मन्त्रीहरूको भनाइ छ ।

सचिवहरूको सरुवा गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू बताउँछन् ।शुक्रवार राति ९ देखि १२ बजेसम्म गृहमन्त्रीसमेत रहेका माओवादी नेता रामबहादुर थापा ‘बादल’को पुल्चोकस्थित सरकारी निवासमा भएको माओवादी मन्त्रीहरूको भेलाले सचिव सरुवा गर्ने निर्णयको आन्तरिक विरोध गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले एकलौटीरूपमा सचिवहरूको सरुवा गरेर मन्त्रीको अधिकारमाथि अंकुश लगाउन खोज्नुभएको जस्तो देखिन्छ,’ माओवादी केन्द्र्रबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले लोकान्तरसँग भने, ‘यस्तो निर्णयको हामीले विरोध गर्ने निर्णय गरेका छौं ।’आफ्नो मन्त्रालयमा कस्तो सचिव आउँदैछन् भन्ने पूर्वजानकारी समेत नदिइनु दुःखद् भएको ती मन्त्रीले बताए । ‘आफ्नो मन्त्रालयमा कुन र कस्तो स्वभावको सचिव आउँदैछन् भन्ने सामान्य जानकारीसमेत हामीलाई दिइएन्,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सचिव सरुवाको निर्णयमा मन्त्रीको अधिकारमाथि नै अंकुश लगाउन खोज्नुभएको देखिन्छ । यसले काममा गर्न अप्ठ्यारो पर्छ ।’

माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर विरोध जनाउने समेत जनाएका छन् ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ३० जना सचिवको सरुवा गर्ने निर्णय गरेको जनाइएको छ । जसमा माओवादीका नेताले नेतृत्व गरेको गृह, वन तथा वातावरण, कृषि, भूमि व्यवस्था तथा सहकारी, उर्जा, जलस्रोत तथा सिँचाई, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालयका सचिवको सरुवा भएको छ ।

सचिवहरूको सरुवामा एमालेकै मन्त्रीहरूले समेत पत्तो नपाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाइ छ । ‘सचिवहरूको सरुवाका बारेमा प्रधानमन्त्री र मुख्यसचिवज्यूलाई मात्रै थाहा थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरसँग भन्यो, ‘यसमा अन्य मन्त्रीज्यूहरूलाई जानकारी दिइएको थिएन । प्रधानमन्त्री र मुख्यसविचको सल्लाहमै सचिवको सरुवा भएको हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु