दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लक डाउनकै बीच नर्सहरुलाई कोठा छोड्न घरवेटीको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १४ गते, शुक्रबार १०:५२

धनगढी : कोरोना संक्रमण फैलिएपछि धनगढीका तीन वटा अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई घरबेटीले कोठा छोड्न आग्रह गरेका छन् ।

सेती प्रादेशिक अस्पताल, निर्सग र माया मेट्रो अस्पतालमा कार्यरत नर्सहरुलाई उनीहरु डेरा गरी बसेका घरका घरधनीले कोठा छोड्न आग्रह गरेको सेती प्रादेशिक अस्पतालमा कार्यरत एक नर्सले बताईन ।

घरबेटीले आजदेखि कोठा छोड्न हामीलाई आग्रह गरेका छन्, सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सले पश्चिम टुडेसंगको कुराकानीमा भनिन्, कोरोनाको संक्रमण नरोकिएसम्मका लागि तपाईहरु कोठा खाली गरिदिनुहोस । त्यतिबेला सम्म अस्पतालमै बस्नुहोस । नत्र तपाईहरुका कारण हामीलाई पनि कोरोना सर्छ ।

तीनै जना छुट्टाछुट्टै अस्पतालमा कार्यरत भएपनि एउटै घरमा  डेरा गरी बस्छन् । कञ्चनपुरको महेन्द्रनगर घर भएका उनीहरु लकडाउनमा कही जान सक्ने अवस्था नै नभएको बेला घरबेटीले आजैदेखि कोठा छोड्न आग्रह गरेपछि अन्यौलमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु