दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लकडाउन को आज चौथो दिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १४ गते, शुक्रबार १४:४५

काठमाडौं। नेपालमा लकडाउन भएको आज चौथो दिन पुगेको छ। चौथो दिन पुग्दा सरकारले अझ कडाइ गरेको छ। प्रहरीको अलावा सेनाको समेत सडकमा उपस्थिति देखिएपछि सर्वसाधारण अघिल्ला दिनमा जस्तो घरवाट वाहिर निस्कने हिम्मत गर्न सकेका छैनन्।
घरैमा बसेर कोरोनाभाइरसलाई परास्त गर्न लागेको देखिन्छ। सरकारको आज्ञा तथा निर्देशनलाई पालना गर्न सर्वसाधारणले कुनै कसर वांकी नराखेको पाइन्छ। अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नेपाली सेनाले पनि माइकिङ गर्दै सर्वसाधारणलाई सचेत बनाउने कार्य भैरहेको छ।
अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन्। सडकमा अत्यावश्यक वाहेक अरु सवारी साधन गुडेका छैनन् । हिजो अस्ति जस्तै लकडाउनको अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ।
लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने काम तीव्र बनाएको छ। अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट वच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् ।
प्रहरीहरु पञ्जा र मास्क सहित ड्युटीमा खटिएका छन्। आवतजावत गर्ने यात्रु र सवारी साधनवाट करिब एक मिटरको दुरी कायम गर्दै प्रहरी ड्युटीमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु