तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कल्याणकारी स्वयंम सेवक संघ नेपालको समायोजनमा विपन्न परिवारलाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १७ गते, सोमबार १४:२६

चैत १७ काठमाडौ । कोराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्।

अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ।
कल्याणकारी स्वयं सेवक संघ नेपाल ले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ र १२ का विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।
कल्याणकारी स्वयंम सेवक संघ नेपालले वडा नं ११ का नरहरी नेपाली ,मिंग्मा शेर्पा र सुन्दर नगरकोटी र वडा नं १२ का जगन्नाथ शाह र संजु तामाङको परिवारलाई आवस्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई , कल्याणकारी स्वयंम सेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङ,कल्याणकारी स्वयं सेवक संघ नेपाल बुढानिलकण्ठका अध्यक्ष गणेश मिश्र ,सचिव शंकर न्यौपाने सहित अन्य स्वयंसेवकले ति परिवारको घरमै पुगेर राहत वितरण गरेका हुन् । सो अवसरमा दाल, चामल, तेल, चिनी र नुन जस्ता उपभोग्य सामाग्री बितरण गरिएको थियो।

के हो त? कल्याणकारी स्वयंसेवक संघ

परिवर्तनका लागि स्वयम् सेवक भन्ने भनाइलाई साक्षत रुपमा एउटा ब्यक्तिदेखि समाज, समुदाय, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्र मै स्थापित गर्न गराउन कल्याणकारी स्वयम् सेवक संघ नेपालको स्थापना भयो। बिश्वभरी नै छरिएर रहेका सबै खाले समाजका ब्यक्तित्वहरुलाई सामाजिक रुपान्तरणको लागि एकतामा ल्याउनु, बहश छलफलद्वारा स्वयम् सेवक नेतृत्वको बिकास गर्नु, विश्वब्यापी रुपमा नेट वर्कको बिकास गर्नु र ज्ञान बुद्धि विवेकको बिकास गर्दै समाजमा विद्यमान बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएका सबै खाले परिवर्तनमा जोड दिनु यसको मुख्य उदेश्य रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु