दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज लकडाउन आठौं दिन लकडाउन तोड्नेहरु उल्लेख्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १८ गते, मंगलवार ९:४६

काठमाडौं । आज सरकारले लकडाउन गरेको आठौं दिन । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु अधिक रहेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दलराम टमाटाका अनुसार लकडाउनको आठौं दिन मंगलबार बिहानै लकडाउन तोड्नेहरु उल्लेख्य भएका छन् ।

मंगलबार बिहान ६८ वटा सवारी साधनलाई कार्वाही गरिएको छ । चालकहरुलाई अस्थायी क्वारेन्टाइनमा राखिने छ । ३ वटा कार र ६५ वटा दुई पाङ्ग्रे सवारी साधन रहेका हुन् ।

एक हप्तालाई पास दिइएको थियो । सोमबार पासको अवधि सकिएको छ । ती पासहरु आवश्यकता अनुसार नविकरण गरिने छ ।

गएको २४ घण्टामा ललितपुरको चोभारमा साइकल दुर्घटनामा परी दुई जना भारतीय नागरिकको ज्यान गएको छ । अन्य दुर्घटनाका घटना भने भएका छैनन् ।

यता, प्रहरी नायब निरीक्षक नवराज थापाका अनुसार मंगलबार बिहान काठमाडौंबाट ६ः२५ सम्म ४१२ जना पुरुष र ५३ जना महिला पक्राउ परेका छन् ।

परिस्थिति हेरेर उनीहरुलाई छाड्ने गरिएको छ ।

सोमबार १६ सय ९० जना पक्राउ परेका थिए । अत्यावश्यक कामले हिँडेको बाहेक अनावश्यक हिँड्नेलाई कार्वाही गरिने छ । सोमबारदेखि होल्ड गर्ने समय दुई घण्टाबाट बढाएर तीन घण्टा पुर्याइएको छ ।

दिनानुदिन उल्लंघन गर्नेलाई कार्वाही प्रक्रिया लम्बिने थापाले बताए । नियन्त्रणमा पर्नेहरुमा कोही मर्निङ वाकमा निस्कने र रमाइलो लागेर निस्कने पनि छन् ।

मंगलबार नेपाल सरकारले तोकेको र अत्यावश्यक बाहेकका सवारी साधनलाई रोकिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु