दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्वभर कोरोना महामारीबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २१ गते, शुक्रबार १०:३८

काठमाडौं, २१ चैत्र । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार राति १ बजेसम्तमको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख २ हजार २ सय नाघेको छ ।

बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ५ सय ३०, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ र बेल्जियममा १८३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म इटलीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ९६, अमेरिकामा ५ हजार ६ सय ३२, फ्रान्समा ४ हजार ५ सय ३ र चिनमा ३ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । चिनमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमीत भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपेली मुलुक बेल्जियमा कुल मृतकको संख्या १ हजार ११, नेदरल्यान्डमा १ सय ३ सय ९ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ हजार १ सय ६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् ।

बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।

कुल संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या २ लाख १० हजार ५ सय रहेको छ । उपचाररत ७ लाख ४० हजार ३ सयमध्ये ३७ हजार ७ सय जनाको अवस्था गम्भीर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु