
टिका दाहाल काठमाडौ ।
सम्पन्न घर, युवा उमेर्, गुणस्तरीय शिक्षा सवै पुगेको थियो,
गरिवहरु देख्दा लाग्थ्यो, विचरा त्यो दुखि जिबन उस्कै भाग्यले दियो।
दुइ चार पैसा दान दिदा वुझिन्छ तिनको सबै मर्म ।
अपांगता रोगी माग्ने देख्दा उनलाइ लाग्थ्यो कमाइन्छ धर्म ।।
शोक रोग कहिल्यै हुन्न स्वच्छ खायो पियो,
साथी संगी, वावाआमा सधैं साथ वलियो मियो ।
गाडि, वंगला, अरवौंको व्यापार सुन कति कति,
वेच्न, किन्न, हिंड्न पाइन्न वनाइयो यस्तो गति ।
चल अचल सम्पत्ती हुने खाने उ वांच्छ मेरै भर,
दैनिक मजदुरी गर्छ हुंदा खाने कहिल्यै नजवेस पर ।
जातभात, धनि, गरिव सृष्टि हो इस्वरको ।।
असमानता, भेदभाव, असन्तुष्टी यस्तै मानव जीवन हो,
कोरोनाकहर थाति भए अनगिन्ति सपना र रहर,
विश्वमा मानिस नमरेको छैन कुनै पनि प्रहर ।।
वम हतियार विज्ञानको लिइसक्यो सातो ।
डराइसक्ये संसारको जंगल अनि माटो ।
वुझ्नै पर्छ मानिस जनले प्रकृतिको सक्ति ।
मनि, मसल्स, पावर अव नगर्नु है भक्ति,
सवै समान देखाइसक् ये भाइरसले जुक्ति ।
भ्रस्टाचारी, दुराचारी, वलात्कारी सवैको आउंदै छ पालो ।
कोरोनाको नाममा माफिया र घुसखोरी तोड्नै पर्छ जालो ।।
देखियो कोरोना महामारी भयो दशा सवैले माने ।
जवान, वलिया, वुढा, धनी गरिव एउटै हो वाटो जाने ।।
मानिस भै वांच्न पाउने अधिकार सुरक्षित होस ।
हरेकले भोकैभोकै मर्नु हुन्न ग्यारेन्टी गरियोस ।
औषधि अनि वास सवैको गम्भिर भै सोच्ने गरौं सवको हुन्छ वाँच्ने रहर ।
यस्तो पनि दिन आयो संसारमा त्रास कोरोनाको कहर ।।
मनोरन्जन, रमाइलो, डिस्को, डान्स पार्टी भये सवै क्षति ।
सहर, गाउं सुनसान छ घर भित्र छ मानिस जति ।
क्वारेन्टायन, अस्पताल, स्वास्थ्य सेवा एम्वुलेन्स कति कति।
हल्का विराम, पेट दुख्दा अस्पताल जान डर कस्तो होला गति।।
इमेल, इन्टरनेट अनलाइन र भिडियो कुरा गर्छौ भेला भइ जम्मा,
विश्व एउटै भये टाढा नजिक थाहा हुन्न।
जसलाइ पुग्छ धन्न खान ४,६ महिना धान्न।।
सोचौं तिन्लाई आज कमाइ भोलि के खाने थाहा हुन्न ,
मोवाइलमा पैसा हुन्न, नेट के हो थाहा छैन ।
सरकारले ल्याएको छ राहत प्याकेज लक्षीत गरी उन्लाई ।
जिम्मेवार भै पुर्याउनु छ सूचना र जानकारी तिन्लाइ।।
अपांगता, महिला, विरामी, वेवारीसे, गरिव र मजदुर तथ्यांक लिऔं ।
राहत वाडौं वनौं सवै इमान्दार घर भित्र वसौं ।
सोचौं सकारात्मक पानी धेरै सादा खाना खाऔ
पालना गरौं लकडाउन कोरोना भाइरस सधैंका लागि भगाऔं ।।


