दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुखी परिवारलाई गोल्डेनगेटको राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २८ गते, शुक्रबार १५:०५

काठमाडौं, चैत २८ गते ।
कोरोना भाइरस (कोभिड¬ १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, गरिब र विपन्न परिवारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट इन्टरनेसनल कलेजले शुक्रबार राहत सामाग्री वितरण गरेको छ ।
गोल्डेनगेटसहित हिसान र त्रिकुति कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरियो । त्यसमा ४ सय खाद्य राहत सामाग्री गोल्डेनगेटले उपलब्ध गराएको हो । सदस्य–सचिव सिलवाल हिसानका अध्यक्ष पनि हुन् ।
वडा ९ कार्यालयको सम्वन्मयमा बत्तीसपुतलीस्थित गोल्डेनगेटमै सदस्य–सचिव सिलवाल, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले लक्षित वर्गलाई राहत सामाग्री वितरण गरे । वितरण गरिएका राहत सामाग्रीमा चामल, चिउरा, नुन, तेल, दाल, मसेउरा र मन्जन रहेका छन् ।
सदस्य–सिलवालले वर्तमान अवस्थामा सक्नेहरुले कठिनाइमा परेकालाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । वडा अध्यक्ष श्रेष्ठले योसहित चार चरणमा राहत वितरण गरिएको जानकारी दिदै हालसम्म १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकेको बताए । उनले वडा आफैले ४ सय ८५ परिवारलाई राहत वितरण गरेको र बाँकी विभिन्न संघ, संस्था र शुभचिन्तकको सहयोगमा राहत वितरण गरेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु