दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एक कल गर्नुस्–तपाईको अर्डर अनुसारको हरिया ताजा तरकारी घर–घरमा डेलिभरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ८ गते, सोमबार १४:४३

काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज सोमवारवाट २८ दिन पुगेको छ। यस अवधिमा दैनिक रुपमा आवश्यक पर्ने हरिया तरकारी एक कलको भरमा घर–घरमा डेलिभरी दिने कार्य अग्रज चलचित्रकर्मी सरोज शर्माले दैनिक रुपमा गर्दैआएका छन्।

तपाई एक कल गर्नुस्–तपाईको अर्डर अनुसारको हरिया ताजा तरकारी घर–घरमा डेलिभरी दिने कार्य गर्दैआएको अग्रज चलचित्रकर्मी शर्माले भिजन संसार डटकमसंगको भिडियो अन्तरवार्तामा भनेका छन्। लकडाउनका कारण तरकारी बजारमा गएर ताजा हरिया तरकारी किन्न जान नपाएकाहरुका लागि घर–घर सर्भिस दिन थालेको शर्माले भनेका छन्।

काठमाडौं महानगरपालिका वडा नंबर ९ स्थित पुरानो बानेश्वर चोकमा रहेको तिरुपती पिक्चर्सवाट घर–घरमा हरिया ताजा तरकारी डेलिभरी गर्ने योजनाअनुरुप तरकारी पसल खोलिएको हो। अग्रज चलचित्रकर्मी सरोज शर्माले लकडाउनको बर्तमान विषम परिस्थितिलाई मध्यनजर गरेर अनलाइन तरकारी पसल खोलेका हुन।

कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित फिजियोथेरापिष्ट सामाजिक अभियन्ता सुनिता भट्टराईको साथ र सहयोगवाट स्थापना भएको हो। जसमा फिजियोथेरापिष्ट भट्टराई र चलचित्रकर्मी शर्माको इन्भेष्टमेन्ट रहेको छ। यस कार्यमा कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतको विशेष सहयोग रहेको चलचित्रकर्मी शर्माले भनेका छन्।

शर्माका अनुसार, जयकला बस्नेतको गोठाटार स्थित मनमुरी कृषि सहकारी संस्थाको मनमुरी कृषि फार्मवाट उत्पादित हरिया तरकारीहरु नै ल्याएर सहुलियत दरमा विक्री गर्ने कार्य भएको हो। तपाई एक कल गर्नुस्–तपाईले चाहेको हरिया तरकारी लिष्ट अनुसार सामाजिक दूरी कायम गरेर घर–घरमा पुर्याउने व्यवस्था गरिरहेको जानकारी शर्माले दिएका छन्।

तपाईहरु पनि काठमाडौंमा हुनुहुन्छ भने, हरिया तरकारी अर्डर गर्नका लागि निम्न फोन नंबरमा संपर्क गरिहाल्नुस्–9841304764 / 9843383566 / 9845136551

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु