
काठमाडौं––मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्ने सरकारि निकायको प्रयत्नलाई सहयोग गर्न एमपीआईएले उक्त मास्क बितरण गरेको हो ।
सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एमपीआईएका अध्यक्ष दिपक मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् । अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोना महामारी विरुद्ध लडिरहेको राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए । उनले आफ्नै कम्पनिबाट उत्पादित मास्कहरु बिभिन्न अस्पतालहरु ,सरकारि कार्यालयहरु र सुरक्षाकर्मिहरुलाई बितरण गर्दै आएका छन ।


